सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

-


     मर्दी न्युज    
     चैत्र ६ गते २०८१ मा प्रकाशित


नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुनको मूल्य एक लाख ७५ हजार २ सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार मात्र ५ रुपैयाँ घटेर २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।