सुनको मूल्य स्थिर, चाँदीको घट्यो 

-


     मर्दी न्युज    
     चैत्र ७ गते २०८१ मा प्रकाशित


नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको १५ रुपैयाँले घटेर २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा २ हजार ४५ रुपैयाँमा कायम भएको थियो ।