घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

-


     मर्दी न्युज    
     चैत्र १२ गते २०८१ मा प्रकाशित


काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

दुई सय रुपैयाँले घटेर आज तोलामा एक लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल व्यवसायी महासंघले जनाएको छ ।

सोमवार एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज पनि एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।