सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

-


     मर्दी न्युज    
     चैत्र १३ गते २०८१ मा प्रकाशित


नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

आज बुधवार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ । मंगलबार तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँमा कायम भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि मंगलबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको थियो ।