पत्रकार रजकप्रति श्रद्धाञ्जली, पत्रकार महासङ्घ  कास्की विरोधमा

-


     मर्दी न्युज    
     चैत्र १६ गते २०८१ मा प्रकाशित


पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार संकलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथिको भएको आक्रमणमा विरोधमा प्रदर्शन गरेको छ । हिजो भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो ।

उक्त घटनाको विरोधस्वरुप आज बिहान पत्रकार महासंघ कास्की शाखाले शहिद चोकमा प्रदर्शन गरेको हो । उक्त कार्यक्रममा महासंघका कास्की शाखाका अध्यक्ष माधव बराल लगायतले पत्रकार र संचारकर्मी माथिको आक्रमण सह्य नहुने बताएका थिए।

यस्तै हिंसात्मक प्रदर्शनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति कास्की शाखाले श्रद्धाञ्जली अर्पण गरिएको छ ।