सुनको मूल्यले बनायो नयाँ रेकर्ड

-


     मर्दी न्युज    
     चैत्र १७ गते २०८१ मा प्रकाशित


नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । प्रतितोला छ सय रुपैयाँले बढेर आज एक लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत शुक्रबार बनाएको रेकर्डलाई तोड्दै, सुनको मूल्यले यस दिन पुनः नयाँ रेकर्ड बनाएको हो। शुक्रबार भने सुन प्रतितोला एक लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने घटेको छ। प्रतितोला दुई हजार ४० रुपैयाँ रहेको चाँदी आज दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।