सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड

-


     मर्दी न्युज    
     चैत्र १८ गते २०८१ मा प्रकाशित


काठमाडौं । सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।

नेपाली बजारमा आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला एक लाख ७६ हजार आठ सय रुपैयाँमा कायम भएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।