सुनको मूल्यमा उच्च गिरावट

-


     मर्दी न्युज    
     चैत्र २२ गते २०८१ मा प्रकाशित


नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार ९ सयले घटेर एक लाख ७६ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार तीन सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १२५ रुपैयाँले घटेर एक हजार ८ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।