सुनको मूल्य घट्यो, चाँदीको स्थिर

-


     मर्दी न्युज    
     चैत्र २६ गते २०८१ मा प्रकाशित


नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुन प्रतितोला १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ  ।