सुनको मूल्य साढे ७ हजार ५ सय रुपैयाँले घट्यो

-


     मर्दी न्युज    
     वैशाख १० गते २०८२ मा प्रकाशित


नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा सात हजार ५०० रुपैयाँले घटेर एक लाख ९० हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलाको एक लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर आज १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।