शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

-


     मर्दी न्युज    
     वैशाख १० गते २०८२ मा प्रकाशित


काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गरेका हुन् ।

शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिस गरेको थियो । पन्तको शपथ ग्रहण भोलि हुनेछ ।