शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरूमाथि प्रहरीले हान्यो पानीको फोहरा

-


     मर्दी न्युज    
     वैशाख १४ गते २०८२ मा प्रकाशित


काठमाडौँ । निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग भएको छ । सधैँ झैँ माइतीघरबाट आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए ।

सो क्रममा प्रहरीले पछाडि हट्न अनुरोध गर्दै पानीको फोहरा हानेको छ । सो क्रममा प्रहरीसँग ठेलमठेलसमेत भएको छ । शिक्षकहरूले प्रहरीमाथि ढुंगा पनि हानेका थिए ।

शिक्षा ऐनलाई बटम लाइन बनाएर गत २० चैतदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।