सुनको मूल्य १४ सयले बढ्यो, चाँदीको मूल्य स्थिर

-


     मर्दी न्युज    
     जेठ १२ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। तोलामा एक हजार ४ सय रुपैयाँले बढेर आज प्रतितोला  १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य १ लाख ९० हजार ४ सय  रुपैयाँमा कायम भएको थियो। यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यका कायम भएको थियो ।