सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

-


     मर्दी न्युज    
     जेठ २३ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा  दुई हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।