सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

-


     मर्दी न्युज    
     असार ५ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा चार सय रुपैयाँले घटेर एक लाख ९५ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलामा एक लाख ९५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २५ रुपैयाँले घटेर दुई हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।