
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । तोलामा ५ सय रुपैयाँ बढेको आज १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आइतबार चाँदी तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

