
सोमवार पनि नेप्सेको बृद्धिले निरन्तरता पाएको छ । आइतबार २६ दशमलव ५३ अंकले बढेको नेप्से सोमवार ९.१९ अंक बढेको हाे । सो अंकको वृद्धिपछि नेप्से २६३१ मा कायम भएको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ ।
अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३८ करोडमा खुम्चियो । कुल १४५ कम्पनीको मूल्य बढ्दा १०३ को घट्यो । आज धेरैजसो समूहका सूचक बढेका छन् ।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत बढेको छ ।

