
स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय गरेको छ । स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई परिपत्र गर्दै प्रथम सेवा बिन्दुबाट हटाउने निर्णय गरेको जानकारी दिएको छ ।
प्रथम विन्दु जहाँ भएपनि सरकारले आगामी साउन १ गतेदेखि जुनसुकै सरकारी अस्पतालमा विना रिफर नै उपाचार गर्न सकिने नीतिगत ब्यवस्था गरेको हो ।
यो ब्यवस्था लागु भए सँथै यसअघि केन्द्रीय,प्रादेशिक अस्पतालमा उपाचार गर्न बीमितले पहिलो सेवा विन्दुमा सेवा उपलब्ध नभएमा मात्र रिफर लिएर आउनु पर्ने ब्यवस्था थियो अव त्यो आवश्य नपर्ने भएको छ । अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने छ ।