मंगलवार तोलामा २४ सय बढेको सुनको मूल्य आज पनि बढ्यो

-


     मर्दी न्युज    
     असार १८ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज बुधवार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य एक हजार दुई सयले बढेर एक लाख ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलाको एक लाख ९० हजार पाँचसय रुपैयाँ थियो।

सुनको मूल्य गएको शुक्रबारदेखि सोमबारसम्म लगातार घटेको थियो। शुक्रबार तोलामा दुई हजार नौसय, आइतबार एक हजार र सोमबार तीनसय रुपैयाँ घटेको सुनको मूल्य हिजो र आज लगातार बढेको हो।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार एकसय ४५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।