
नेप्से परिसूचकले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ विन्दुमा पुगेको थियो।
साताको पहिलो कारोबार दिन आइतबार एकल अंकले बढेर २७ सय विन्दुमा उक्लिएको थियो।
नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोडमा खुम्चिएको छ ।

