गुरुङ र मगर भाषा सम्बन्धीको विधेयक प्रमाणीकरण

-


     मर्दी न्युज    
     श्रावण १९ गते २०८२ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा गुरूङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित भएको छ ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम सोमबार विधेयक प्रमाणीकरण गरेका हुन् ।

सोसँगै प्रदेश प्रमुख भट्टले भट्टले ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ समेत प्रमाणीकरण गरेका छन् ।