पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

-


     मर्दी न्युज    
     श्रावण २३ गते २०८२ मा प्रकाशित


मलेखु (धादिङ) । गएराती परेको वर्षाका कारण पृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिकास्थित जहरे खेत भन्ने स्थान नजिकै खसेको पहिरोले अहिले राजमार्ग दुबैतर्फ ठप्प भएको छ ।

रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको छ ।