सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

-


     मर्दी न्युज    
     भाद्र ११ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा एक लाख ९८ हजार सात सय रुपैयाँमा कायम भएको थियो । गत साउन २३ गते सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनाएको छ । तीन साता नपुग्दै सुनको मूल्य फेरि रेकर्ड नजिक पुगेको हो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार तीन सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  मंगलबार चाँदी २ हजार ३६० रुपैयाँ कायम भएको थियो ।