
नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा उक्लिएको छ। सेन्सेटिभ इण्डेक्स ८.५२ अंकले बढेर ४८३.४२ विन्दुमा पुगेको छ।
कारोबार सुरुवातका क्रममा घटेर सवा ११ बजे २७६८ अंकसम्म झरेकोमा त्यसपछि वृद्धिले अन्तिम समयसम्म निरन्तरता पाइरह्यो । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन जम्मा ४ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६८ करोडको भयो ।
यसदिन ३२१ स्क्रिप्सको १ करोड ४९ लाख ८६ हजार १४२ कित्त सेयर ७ अर्ब ६८ करोड ३३ लाख ६ हजार ४४१ रुपैयाँमा खरिदबिक्री भए। विकास बैंक सबैभन्दा धेरे ३.४० प्रतिशत बढ्यो ।
बैंकिङ १.३८, फाइनान्स १.९८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर १.८५, लगानी २.१९, जीवन बीमा २.२१, उत्पादन तथा प्रशोधन २.६९, माइक्रोफाइनान्स १.०९, निर्जीवन बीमा १.६८, अन्य २.१४, व्यापार २.६८ प्रतिशत बढ्यो ।
विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । समता घरेलु लघुवित्त वित्तीय संस्थाको ९.३६ र ग्रीन भेन्चर्सको ८.०८ प्रतिशतले बढ्यो। क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ७.६०, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.२८, नेपाल माइक्रो इन्स्योरेन्सको ५.५३ तथा लुम्बिनी विकास बैंकको ५.२३ प्रतिशत मूल्य बढ्यो ।
नेपाल रिपब्लिक मिडियाको मूल्य सबैभन्दा धेरै ४.२९ प्रतिशत घट्यो । सीवाईसी लघुवित्तको ३.०५ तथा नारायणी डेभलपमेन्ट बैंकको २.०७ प्रतिशत घट्यो ।
आज रकमका धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी र नेपाल रिपब्लिक मिडिया छन् ।

