पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते

-


     मर्दी न्युज    
     भाद्र २३ गते २०८२ मा प्रकाशित


पोखरा । जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कास्कीमा एक जना घाइते भएका छन् ।

पोखराको मुख्य बजार क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच हानाहानमा प्रहरीले चलाएको रबरको गोली लागेर पोखरा–१७ विरौटाका २८ विनस गुरुङ घाईते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । 

जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक क्षेत्रको चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेपनि प्रदर्शन रोकिएको छैन ।

सामाजिक सञ्जाल बन्द र देशमा विद्यमान भ्रष्टाचार अन्त्यको माग गर्दै सुरु भएको जेन–जी युवाहरूको प्रदर्शन अनियन्त्रित बन्दै गएको छ । प्रशासनले बल प्रयोग गर्न थालेपछि प्रदर्शनकारी आक्रोशित बनेका छन् ।

काठमाडौंमा भएको प्रदर्शनमा सोमबार ४ बजेसम्म प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ ।