बुटवल, भैरहवा र इटहरीमा पनि कर्फ्यू आदेश जारी

-


     मर्दी न्युज    
     भाद्र २३ गते २०८२ मा प्रकाशित


काठमाडौं । बुटवल र भैरहवामा आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज दिनको ४ बजेदेखि आज राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।

उता सुनसरीको इटहरीमा जेन-जी प्रदर्शनमा २ जनाको मृत्यु भएपछि स्थिति असामान्य बनेको थियो । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी भएपछि इटहरीमा पनि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।

जेन-जी युवाहरूले उपमहानगर कार्यालयमा वरपर लगायतका स्थानमा प्रदर्शन गरिरहेका छन् । यसअघि काठमाडाै, पाेखरामा कर्फ्यू आदेश जारी भैसकेकाे छ ।