पोखरामा हटाइयो कर्फ्यू तथा निषेधाज्ञा

-


     मर्दी न्युज    
     भाद्र २८ गते २०८२ मा प्रकाशित


पोखरा । पोखरामा जारी कर्फ्यू तथा निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिवार एक सूचना जारी गर्दै २८ गते बिहान ९ः०० बजेदेखि कर्फ्यू तथा निषेधाज्ञा हटाइएको जनाएको छ ।

गत भदौ २३ र २४ गते जेनजी समूहको प्रदर्शनपश्चात शान्ति सुरक्षा कायम गर्नका लागि कास्कीमा कर्फ्यू तथा निषेधाज्ञा जारी गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माद्वारा जारी सूचनामा जनजीवनलाई सहज बनाउन आवश्यक सहयोगका लागि सबैलाई आग्रह गरिएको छ ।