नवनियुक्त तीन मन्त्रीले लिए शपथ

-


     मर्दी न्युज    
     भाद्र ३० गते २०८२ मा प्रकाशित


काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्  ।

आज अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकास मन्त्री कुलमान घिसिङ र  गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको हो ।

घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।