‘पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको अभाव छैन’ : आयल निगम

-


     मर्दी न्युज    
     असाेज ११ गते २०८२ मा प्रकाशित


Mardi News

काठमाडौँ । नेपाल आयल निगमले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको जनाएको छ । 

मुग्लिन क्षेत्रको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गतका अधिकांश पेट्रोल पम्पहरूमा इन्धन अभाव भएको थियो ।

पहिरोले ट्यांकर पास हुन नसकेपछि पेट्रोल पम्पमा इन्धन अभाव देखिएको थियो । तर, यो समस्याको समाधान भइसकेको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

उनले भने- ‘मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारण बाट पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको र अव सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको ब्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराउन चाहन्छु।’