
नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा झरेको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४.९६ विन्दुमा अडिएको थियो।
यसदिन ३३५ कम्पनीको १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता सेयर ५ अर्ब ७६ करोड २७ लाख १ हजार ११० रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ४ अर्ब ६२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १८ कम्पनीको मूल्य बढ्यो भने २३२ को घट्दा एउटाको स्थिर रह्यो । आज फाइनान्स र होटेल समूह सबैभन्दा धेरै ३/३ प्रतिशत घटेको छ ।

