
सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। अघिल्लो दिन सोमबार ४४.२५ अंकले घटेकाे सेयर बजार आज १९.४३ अंकले घटेको हो। त्यसअघि कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७८ अंकले घटेको थियो।
सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ । यसदिन ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७३ कित्ता सेयर ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ४ अर्ब ९७ करोड मूल्य बराबरको कारोबार भएको थियो।
३३ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ५ को स्थिर रह्यो ।

