
नेकपा एमाले जिल्ला कमिटी कास्कीले संविधानको रक्षाका लागि पोखरामा मोटरसाइकल र्याली निकालेको छ।
शनिवार पोखरा सभागृहबाट सुरु भएको र्याली पृथ्वी चोक, नयाँ बजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सिर्जना चोक, लेक साइड हुँदै शहीद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै एमाले नेता महेश बस्नेतले अध्यक्ष केपी ओलीलाई पुन अध्यक्ष बनाउने दाबी गरे । पार्टीले यो र्यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको बताए ।
र्यालीमा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, जगत विश्वकर्मा, पोलिटब्युरो सदस्य महेश बस्नेत, राजीव पहारीसहितका नेता सहभागी थिए । कार्यकर्ताहरूले पार्टीका झन्डा र ब्यानर बोकेर र्याली गरेको हो ।

