नेप्से परिसूचक ९.७८ अंकले बढ्यो

-


     मर्दी न्युज    
     मंसिर १ गते २०८२ मा प्रकाशित


सोमबार सेयर बजारको परिसूचक नेप्से ९.७८ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५५० मा कायम भएको छ । १६७ कम्पनीको मूल्य बढ्दा ७६ को घट्यो भने १३ को स्थिर रह्यो ।

कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडको भयो । चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बन्दिपुर केवलकार, सागर डिस्टिलरी, बुंगल हाइड्रो र झापा इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

विकास बैंक र होटेल तथा पर्यटन समूह १ प्रतिशतभन्दा धेरै बढे । दुई समूह निर्जीवन बीमा ०.०९ तथा अन्य ०.४९ प्रतिशत घटेको छ ।