जनकपुरले काठमाण्डुलाई दियो १३१ रनको लक्ष्य

-


     मर्दी न्युज    
     मंसिर १ गते २०८२ मा प्रकाशित


काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सले काठमाण्डु गोखार्जसामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो । जनकपुरका लागि ओपनर आसिफ शेखले अर्थशतक पूरा गरे । उनले ४१ बलमा ५४ रन बनाए ।

ओपनर लाहिरु मिलान्था ७, कप्तान अनिलकुमार शाह ०, जान निकोल लोफ्टी इन्टोन २, सञ्जय कृष्णमूर्ति २ र लाहिरु सिमारकून २२ रन बनाएर आउट भए । मयन यादव ३४ र रुपेश सिंह ४ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका मिलिन्दले १५ रन खर्चेर ३ विकेट लिए । करण केसी, शाहव आलम र सन्तोष यादवले एक एक विकेट लिए ।

काठमाडौँले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पेको छ ।

काठमाडौँले विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनेसेलोस, स्कटल्यान्डका जेरहार्ड इरास्मस, अमेरिकाका मिलिन्द कुमार र सन्नी पटेल तथा इङ्ल्यान्डका बेन चाल्र्सवर्थ र जोन सिम्पसनलाई आफ्नो टोलीमा समावेश गरेको छ ।

काठमाडौँले अन्य खेलाडीमा भीम सार्की, शाहव आलम, राशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापा रहेका छन् । जनकपुर बोल्ट्सका प्रशिक्षकमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपाल रहेका छन् ।