एनपिएलमा आज दुई खेल: विराटनगरले जनकपुरसँग र कर्णालीले सुदूरपश्चिमसँग भिड्दै

-


     मर्दी न्युज    
     मंसिर ८ गते २०८२ मा प्रकाशित


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सोमबार दुई खेल हुँदैछ। कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स तथा साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुने लागेको हो ।

खेल कर्णाली र सुदूरपश्चिमबीचको बिहान ११:४५ बजे हुनेछ भने जनकपुर र विराटनगरबीचको खेल दिउँसो ४ बजे हुनेछ । जारी एनपीएलमा विराटनगर र सुदूरपश्चिम अपराजित टोली हुन भने कर्णाली र जनकपुरले एक-एक खेलमा हार बेहोरेका छन् ।

अंक तालिकामा सुदूरपश्चिम पहिलो, विराटनगर दोस्रो तथा कर्णाली छौठौँ र जनकपुर सातौँ स्थानमा रहेका छन् ।