सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

-


     मर्दी न्युज    
     भाद्र १७ गते २०८३ मा प्रकाशित


स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

सुनको मूल्य प्रतितोला रु आठ हजार ८०० र चाँदीको मूल्य  रु १८५ ले गिरावट आएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९७ हजार ३०० र  चाँदीको मूल्य रु चार हजार ५८० कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ थियो ।