
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ।
जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै पोखराले सिजनको पहिलो जित दर्ता गरेको हो। यसअघिका दुई खेल पोखराले हारेको थियो ।
जनकपुर बोल्ट्सको भने यो लगातार तेस्रो हार हो। पोखराले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको हो।
जनकपुर बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरेपनि जितसम्म पुर्याउन भने सकेनन् । आठौं नम्बरमा ब्याटिङ गरेका उनले ३८ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए ।

