
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गुर्खाजका स्पिनर साहब आलमले ह्याट्रिक विकेट लिएका छन् ।
दोस्रो इनिङको अन्तिम ओभरमा उनले लगातार बलमा तीन विकेट लिएसँगै काठमाडौंले पोखरालाई १२ रनले हराएको हो । आलमले कुल ६ विकेट लिए ।
पोखरालाई हराएसँगै प्लेअफमा छनोट हुने सुदूरपश्चिम रोयल्सपछि काठमान्डु गोर्खाज दोस्रो टिम बनेको हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डु गोर्खाजले निर्धारित २० ओभरमा १६५ रन बनाएको थियो।
काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा १५२ रनमा अलआउट हुन पुग्यो। यता हारसँगै अन्तिम खेलअघि ४ अंक जोडेको पोखरा लिग चरणबाटै बाहिरिने संघारमा पुगेको छ।

