सुदूरपश्चिमको लगातार जित, चितवन ४९ रनले पराजित

-


     मर्दी न्युज    
     मंसिर १८ गते २०८२ मा प्रकाशित


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोश्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ। चितवन राइनोजलाई ४९ रनले पराजित गर्दे सुदूरपश्चिम विजयी भएको हो ।

सुदूरपश्चिमले खेलेका सबै ६ खेलहरु जितेको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको डे-नाइट म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १६९  रन बनाएको थियो ।

१७० रनको लक्ष्य पाएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो ।