
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ।
सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो। सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक उपविजेतामा सिमित बनेको हो।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रन बनाउँदै अलआउट भएको थियो। यो एनपीएलमा हालसम्म पहिलो इनिङ्समा बनेको सबैभन्दा कम रन थियो।
सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाउँदै ८६ रनको लक्ष्य पूरा गरे।

