सुनको मूल्य बढ्यो

-


     मर्दी न्युज    
     मंसिर २८ गते २०८२ मा प्रकाशित


आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

२ हजार २ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन शुक्रबार भने प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । प्रतितोला ८० रुपैयाँले घटेर आज  प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने ३ हजार ९ सय ५ रुपैयाँमा कायम भएको थियो ।