
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । त्यस्तै महासचिव पोख्रेलले १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।
औपचारिक घोषणा हुन बाँकी छन् ।

