सुन तोलामा ४ हजार ६ सयले बढ्यो

-


     मर्दी न्युज    
     पुस २१ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  आज सुन तोलामा चार हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १८५ रुपैयाँले बढेर आज ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी चार हजार ५०० रुपैयाँमा कायम भएको थियो ।