
काठमाडौँ। आइसिसी टी-२० विश्वकप क्रिकेटको ट्रफी काठमाडौँको वसन्तपुर दरबार क्षेत्र, बौद्धनाथ स्तूप परिसर र पोखरा प्रदर्शन गरिने भएको छ ।
ट्रफी टुरअन्तर्गत नेपाल आइपुगेकीको विश्वकपको ट्रफी सोमबार राष्ट्रपति कार्यालयमा प्रदर्शन गरिएको थियो । अब मंगलबार पोखरामा प्रदर्शन गरिने नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
बिहान ८ बजेदेखि १२ बजेसम्म पोखरामा ट्रफीको फोटो सुट हुनेछ । त्यसपछि दिउँसो ४ बजेदेखि ६ बजेसम्म वसन्तपुर दरबार क्षेत्रमा प्रदर्शनी हुने तालिका छ । बुधवार दिउँसो २ बजेदेखि ३ बजेसम्म बौद्धनाथ स्तूप परिसरमा प्रदर्शनीमा राखिने क्यानले जनाएको छ ।
विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुँदैछ । उक्त विश्वकपमा नेपाल पनि सहभागी हुनेछ । नेपालले तेस्रो पटक टी-२० विश्वकप खेल्दैछ ।

