काँग्रेसको विशेष महाधिवेशन भोलिसम्म लम्बिने

-


     मर्दी न्युज    
     पुस २८ गते २०८२ मा प्रकाशित


काठमाडौँ । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन  भोलि मंगलबारसम्म लम्बिने भएको छ ।

दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन भोलिसम्म लम्बिने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेकोले अझै समय लाग्ने विशेष अधिवेशन आयोजक समितिको भनाइ छ ।

विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने गरी छलफल अघि बढाइरहेको भएपनि संस्थापन पक्षसँगको संवाद र वार्ता जारी छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट केन्द्रीय सदस्य र नेताहरुलाई बोलाएर पार्टी विभाजनलाई रोक्ने उपायको बारेमा कुराकानी भइरहेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।