निर्वाचन आयोगले दबाबमा निर्णय गरे देशभर आन्दोलन गर्ने देउवा कांग्रेसको चेतावनी

-


     मर्दी न्युज    
     माघ २ गते २०८२ मा प्रकाशित


शेरबहादुर देउवा सभापति रहेको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोग दबाब र षड्यन्त्रमा परेर पार्टी विधानविपरीत निर्णय गरे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् । पार्टीको आधिकारिकता र चुनाव चिह्नबारे विवाद भइरहँदा खड्काले आयोगले विधान र संविधानविपरीत काम गरे त्यसको प्रतिकार गर्ने बताएका हुन् ।

पार्टी विभाजनपछि सानेपामा पत्रकार सम्मेलन गर्दै षड्यन्त्र भए प्रतिकार गर्न उत्रिनुपर्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए।

निर्वाचन आयोगमा आधिकारिकता विवाद चलिरहेको छ। उनले चुनाव चिह्न र नाम गगन समूहलाई दिए आन्दोलनमा जाने चेतावनी दिए।

उनले भने, ‘कुनै षड्यन्त्र, हामीमाथि हुने गलत निर्णयकाविरुद्ध आवश्यक परेको विरोधमा जानको लागि तयार रहनुहोला।’