
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १४ हजार ४०० रुपैयाँले बढेर ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

