
पोखरामा जारी यु–१९ महिला च्याम्पियनसिपको लिग चरणबाट बाहिरिएको छ ।
पोखरा रङ्गशालामा बुधबार भएको लिगको अन्तिम खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।
यसअघि नेपालले पहिलो खेलमा भारतसँग १-० को हार बेहोरेको थियो।
दोस्रो खेलमा भने नेपालले भुटानलाई २-१ गोलले हराएको थियो। फाइनल पुग्न आज बांङ्लादेशलाई पराजित गर्नु पर्ने भए पनि नेपालले चार गोल खायो।
नेपाललाई हराएको बङ्गलादेश फाइनलमा पुगेको छ । साविक विजेता बङ्गलादेशले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ । बुधबार नै भएको खेलमा भारतले भुटानलाई भुटानलाई ८–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

