मनाङमा कांग्रेसका टेकबहादुर निर्वाचित

-


     मर्दी न्युज    
     फागुन २२ गते २०८२ मा प्रकाशित


मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् । नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् । यस्तै ४५ मत बदर भएको छ । मनाङमा २९२३ मतदाताले मतदान गरेका थिए ।

यो नेपाली कांग्रेसको दोस्रो जित हो । यसअघि मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् ।