
पोखरा । पोखराको पृथ्वीचोकमा पुस्तक बिक्री गरिरहेको अवस्थामा डा। महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर १३ बाँझापाटन बस्ने ४३ वर्षका विकास गुरुङलाई बिहीबार पक्राउ गरिएको हो ।
गएको फागुन २५ गते पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा महाबिर पुन र उनको टोली ‘ महावीर पुन’ नामक पुस्तक बिक्री गरिरहेका थिए । सोही समयमा एक अपरिचित व्यक्तिले पुनमाथि अभद्र व्यवहार गरेका थिए । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान र खोजतलास अगाडि बढाएको थियो ।

